सौगात र दीयाको फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने
फिल्म ‘मन्त्र’ १६ वैशाखमा प्रदर्शन हुने भएको छ । मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम गर्दै निर्माण युनिटले नयाँ मिति घोषणा गरेको हो । यस अगाडि गत २८ माघमा प्रदर्शन तयारीमा रहेको फिल्म कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि रिलिज हुनसकेको थिएन ।
अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् । फिल्ममा बुद्धि तामाङ, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पालगायत कलाकारको अभिनय रहेको छ । यस्तै फिल्मका कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । हिमाली प्रेमकथा भनिएको फिल्ममा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत छ ।
गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा मनास्लु हिमालको बेसक्याम्पको कथावस्तु प्रस्तुत गरिएको छ । कार्यक्रममा ‘मन्त्र’ अर्गानिक फिल्म रहेको निर्देशक गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण