बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
सारांश
- निट प्रश्नपत्र बाहिरिएको र लाठीचार्जविरुद्ध भारतभर विद्यार्थी प्रदर्शन जारी छ।
- बिहार बन्दका क्रममा पटना र सीवानसहित ८ जिल्लामा विद्यार्थीले प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी उपरीक्षक (एसपी) पूरन झा घाइते भएका छन्।
- प्रदर्शनकारीले प्रहरीको गाडीमा आगो लगाउनुका साथै सरकारी भवनमा क्षति पुर्याएका छन्।
काठमाडाैैँ । निट प्रश्नपत्र बाहिरिएको मामला र लाठीचार्जविरुद्ध शनिबार भारतभर विद्यार्थीको प्रदर्शन जारी छ। यसै क्रममा आह्वान गरिएको बिहार बन्दका क्रममा पटना र सीवानसहित ८ जिल्लामा विद्यार्थीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्।
सीवानमा भएको ढुङ्गामुढाबाट प्रहरी उपरीक्षक (एसपी) पूरन झा घाइते भएका छन्। आक्रमणपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै करिब १० राउन्ड गोली चलाएको छ। छपरामा विद्यार्थीले प्रहरीको गाडीमा आगो लगाइदिएका छन्।
प्रदर्शनकारीहरूले सरकारी भवनमा चढेर पोस्टर च्यात्नुका साथै ब्यारिकेडिङ नै लिएर भागेका थिए। सडकमा ठुलो सङ्ख्यामा प्रदर्शनकारी ओर्लिएका कारण न्यायाधीशको गाडीसमेत रोकिएको थियो।
पटनामा प्रदर्शनमा सहभागी भएका पूर्वमन्त्री तेजप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीतामढीमा भएको ढुङ्गामुढामा महिला प्रहरी निरीक्षक (एसआई) सहित १२ जना घाइते भएका छन्। भागलपुरमा लाठीचार्जपछि प्रहरीले नै ज्यान बचाएर भाग्नुपरेको छ।
बिहारबाहेक उत्तर प्रदेशका प्रयागराज, लखनउ र सहारनपुरसहित धेरै सहरमा प्रदर्शन भइरहेका छन्। मध्यप्रदेशका २० भन्दा बढी सहरमा विरोध प्रदर्शन जारी छ। इन्दौरमा प्रदर्शन गरिरहेका विद्यार्थीमाथि ड्रोनबाट निगरानी राखिइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
-
डा.केसीका मागलाई हदैसम्मको संवेदनशीलताका साथ समाधान गर्न सङ्घको आग्रह
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण