इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
काठमाडाैँ । इजरायली सेनाले शनिबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूमा प्यालेस्टिनीहरूको घर–घरमा छापा मारेर दर्जनौँ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तिमा ३० जना प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ, जहाँ शुक्रबार भएको आक्रमणमा चार प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।
प्रभावित गाउँमा इजरायली सैन्य कारबाही जारी रहँदा अन्य बासिन्दाहरूलाई पनि घटनास्थलमा सोध पुछ गरिएको वफाले जनाएको छ । जेनिन प्रान्तमा, इजरायलस् सेनाले धेरै सहर र गाउँहरूमा व्यापक छापा मारेर, भारी सैन्य तैनाथी र चलिरहेको सेनाको गतिविधिको बिचमा खोजी र गिरफ्तारी बढाएको जनाइएको छ ।
सम्बन्धित विकासमा, इजरायली सेनाले बेथलेहेम प्रान्तमा तीन जना प्यालेस्टिनीलाई हिरासतमा लिएको जनाइएको छ । शुक्रबार ताल गाउँमा इजरायली आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भए पछि कब्जा गरिएको वेस्ट ब्याङ्कमा निरन्तर जारी इजरायली अप्रेसनको बीच पछिल्लो गिरफ्तारीका घटना भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण