फष्टलुकमा यस्तो देखियो ‘बुलाकी’
फिल्म ‘बुलाकी’को फष्टलुक सार्वजनिक गरिएको छ । अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर निर्माण युनिटले मंगलबार एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, संस्कृति लगायतका बिषयबस्तु समेटिएको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
टोपेन्द्र बिष्ट निर्माता रहेको फिल्ममास्व. मोति बिष्टको प्रस्तुति रहेको छ । डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा खिचिएका फिल्ममा सुरक्षाका अलवा नरेन्द्र खड्का, नवअभिनेता बिराज बिष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’ शिव ढकालले खिचेका हुन् । केही समयमै फिल्मको टिजरका साथमा प्रदर्शन मिति घोषणा गर्ने निर्माता टोपेन्द्रले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण