शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

इजिप्ट पुगिन् 'मिस इको' सोफिया

बुधबार, २५ फागुन २०७८, ११ : ५९
बुधबार, २५ फागुन २०७८

‘मिस इको इन्टरनेशनल नेपाल २०२२’की विजेता सोफिया भुजेल इजिप्ट पुगेकी छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी मंगलबार इजिप्ट पुगेकी हुन् । भुजेललाई ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगिताका लागि पठाएको हो । उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ग्रिन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र सिइयो प्रविन लाकौल लगायतले बिदा गरेका थिए ।

६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि भुजेल नेपालको एक्लो प्रतिनिधि हुन् । २६ वर्षिया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताएकी छन्  ।

मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप