शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘वर एण्ड वधु’मा आँचलको वर बन्दै विवेक

बुधबार, २५ फागुन २०७८, १२ : ३६
बुधबार, २५ फागुन २०७८

फिल्म ‘वर एण्ड वधु’को मुख्य भूमिकाको लागि  विवेक कर्मचार्य छानिएका छन् । निर्माण युनिटले अभिनेत्री आँचल शर्माको जोडीको रुपमा कर्मचार्य छानेको हो । फिल्ममा आँचल र कर्मचार्यको रिल रोमान्स देख्न सकिनेछ । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । 

मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वर एण्ड वधु’ को छायांकन अव केही दिनमा सुरु हुँदैछ । एल आर के इन्टरटेन्मेन्टकोे ब्यानरमा निर्माण हुन लागेको फिल्मले यो कमेडी र प्रेमकथा आफ्नो बिषयबस्तु बनाएको छ ।
आँचलले यो फिलम अभिनयका लागि आफ्नोे तौल समेत घटाएकी छन् । राम्रो कथा भएकोले फिल्म अभिनयका लागि आफू उत्साहित रहेको आँचलले बताइन् ।

फिल्मको अन्य कलाकार र प्राविधिक टोली भने छायांकन समयमा सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप