लिगको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक नै टिम बाहिर
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डसँगको एक मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २५ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाली टोलीका प्रमुख खेलाडी नै बाहिर राखेका छन् । कुवेती नागरिक अब्दुल्लाहले यसै महिना समाप्त सहिद स्मारक ए डिभिजन लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक चुनिएका विशाल श्रेष्ठलाई टिम बाहिर राख्दै नाम घोषणा गरेका हुन् ।
उनले लिग विजेता मछिन्द्रका कप्तान सुजल श्रेष्ठसहित फरवार्ड विमल घर्तीमगर र मनिष डाँगीलाई पनि बाहिर राखेका छन् । यस्तै डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर विशाल राई ‘बी’ टिममा पर्न असफल भएका छन् । नेपालले १० चैतमा थाइल्यान्डसँग खेल्नेछ भने १३ चैतमा चोनबुरीसँग खेल्नेछ । दुबै खेल चोनबुरीमा हुनेछ ।
नेपाली टोलीः
गोलरक्षकः किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की,
डिफेन्डरः अनन्त तामाङ, नवीन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, रोहित चन्द
मिडफिल्डरः अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, आयुश घलान, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढामगर, सुबास गुरुङ, तेज तामाङ, जगजित श्रेष्ठ
फरवार्डः आशीष लामा, दर्शन गुरुङ, सुमन लामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण