लिगको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक नै टिम बाहिर

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डसँगको एक मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २५ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाली टोलीका प्रमुख खेलाडी नै बाहिर राखेका छन् । कुवेती नागरिक अब्दुल्लाहले यसै महिना समाप्त सहिद स्मारक ए डिभिजन लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक चुनिएका विशाल श्रेष्ठलाई टिम बाहिर राख्दै नाम घोषणा गरेका हुन् ।
उनले लिग विजेता मछिन्द्रका कप्तान सुजल श्रेष्ठसहित फरवार्ड विमल घर्तीमगर र मनिष डाँगीलाई पनि बाहिर राखेका छन् । यस्तै डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर विशाल राई ‘बी’ टिममा पर्न असफल भएका छन् । नेपालले १० चैतमा थाइल्यान्डसँग खेल्नेछ भने १३ चैतमा चोनबुरीसँग खेल्नेछ । दुबै खेल चोनबुरीमा हुनेछ ।
नेपाली टोलीः
गोलरक्षकः किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की,
डिफेन्डरः अनन्त तामाङ, नवीन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, रोहित चन्द
मिडफिल्डरः अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, आयुश घलान, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढामगर, सुबास गुरुङ, तेज तामाङ, जगजित श्रेष्ठ
फरवार्डः आशीष लामा, दर्शन गुरुङ, सुमन लामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज