दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?
बिहीबार, २६ फागुन २०७८, २१ : ५५
आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो । जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ ।
यसैगरी आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्तीमा पनि बिदा हुने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ । यसअघि क्याबिनेट बैठकले अपरझट यस्ता बिदा दिने गरेकामा सरकारले बिदासम्बन्धी सूचनामै यसबारे समेटेको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण