भारतमा कोरोनाभाइरसबाट थप चार हजार १९४ सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार १९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । कोरोना शुरु भएबाट हालसम्म भारतमा चार करोड २९ हजार ८४ हजार २६१ जनालाई कोरोना सङ्क्रमण भइसकेको छ ।
गत २४ घण्टामा पाइएको सङ्क्रमितको यो संख्या ०.५२ प्रतिशत रहेको सो मन्त्रालयले जानकारी दिएको छ । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४२ हजार २१९ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१० प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार सोही अवधिमा छ हजार २०८ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख २६ हजार ३२८ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.७० प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
कोरोनाको कारण पछिल्लो २४ घण्टामा २५५ जनाको मृत्यु भएको छ । एक दिनमा मृत्यु भएका यी व्यक्तिहरुमा २२७ जना केरला राज्यका मात्र रहेका पनि समाचारमा जनाइएको छ । यससँगै भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १५ हजार ७१४ को मृत्यु भइसकेको छ ।
भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ८८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ७९ करोड ७२ लाखभन्दा बढी डोज खोप लगाइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण