उठ्दैछन् राजधानीका सम्पदा (फोटो फिचर)
विनाशकारी भूकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुनःनिर्माण प्राधिकरण खारेज गरिसक्यो । तर राजधानीका सम्पदाहरूको अझै पुनःनिर्माण भइरहेको छ । ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरबार परिसर र दत्तात्रय वरिपरि धमाधम मन्दिर पाटी पौवा पुनःनिर्माणको काम भइरहेको देख्न सकिन्छ ।

सम्पदाको निर्माण अनि पुनःनिर्माण सजिलो पक्कै छैन । आस्था, विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता बितेसँगै सम्पदा पुन निर्माणमा सघाउने कालीगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउँछन् ।
परम्परागत प्रविधि र सीपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरू संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ । प्रस्तुत छ यिनै सम्पदाहरूको पुनःनिर्माणको फोटो फिचर ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण