सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अछाम : १० वटै पालिकामा ‘घर-घर जाऊ, काँग्रेस जिताऊ’ अभियान सञ्चालन

आइतबार, २९ फागुन २०७८, ०९ : ५९
आइतबार, २९ फागुन २०७८

नेपाली काँग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर(घर जाऊ, काँग्रेस जिताऊ’  अभियान सञ्चालन गर्ने भएको छ । आज सदरमुका मंगलसैनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएको छ । काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएको छ ।

आज मंगलसैन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका,७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र  १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप