‘चेपाङ बस्ती’को विषयमा डा. डीआरले ल्याए चेतनामूलक गीत
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ ।
चेपाङ समुदायका समस्या, त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका बिषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपध्यायले बताए ।
चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसालको अभिनय समेटिएको छ ।
उत्सव दाहालको छायांकन रहेको यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरेको छ । केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा. उपाध्याय अहिले १०३ विश्व रेकर्ड पु¥याउने दौडमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण