सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

इराकमा अमेरिकी वाणिज्य दूतावासलाई लक्षित गरेर मिसाइल प्रहार

आइतबार, २९ फागुन २०७८, १२ : ०७
आइतबार, २९ फागुन २०७८

इराकी सुरक्षा अधिकारीहरुले देशको सबैभन्दा उत्तरी स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरतर्फ कयौँ मिसाइल प्रहार गरिएको बताएका छन्। आक्रमणमा अमेरिकी वाणिज्य दूतावासलाई कुनै क्षति नभएको एक अमेरिकी अधिकारीले बताएका छन् । यसअघि अमेरिकी अधिकारीहरूले उक्त भवनमा केही क्षेप्यास्त्र खसेको उल्लेख गरिएको थियो।

सामाजिक सञ्जालमा देखिएको भिडियोमा अमेरिकी महावाणिज्य दूतावास नजिकै ठूलो विस्फोट भएको सुनिएको थियो ।  रोयटर्स समाचार एजेन्सीका अनुसार सरकारी समाचार एजेन्सीले कुरडिस्टानका प्रतिआतंकवादका महानिर्देशकको भनाइ उद्धृत गर्दै इरबिललाई लक्षित गरी इराक बाहिरबाट १२ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको जनाएको छ।
रोयटर्सका अनुसार कुर्द अधिकारीहरूले यसअघि धेरै रकेटहरू इरबिलमा खसेको बताएका थिए ।

एएफपी समाचार संस्थाले पूर्वबाट यी मिसाइलहरु आएको जनाएको छ। एएफपीले मिसाइल प्रहारबाट समान्य क्षति भएपनि धनमालको क्षति नभएको बताएको छ । अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले यसलाई "क्रूर आक्रमण" भने।

एएफपीले बताएअनुसार विगतमा पनि इराकमा अमेरिकी नेतृत्वमा भएको सैन्य गठबन्धनको फौजमाथि रकेट र ड्रोन हमला भएको थियो। इराकको छिमेकी इरानबाट मिसाइल प्रहार गरिएको अमेरिकाले आरोप लगाएको छ । अहिलेसम्म आक्रमणमा कुनै पनि घाइते वा हताहतको रिपोर्ट गरिएको छैन।

यसअघि सिरियाको राजधानी दमास्कस नजिकै भएको इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्डका दुई सदस्यको मृत्यु भएको थियो । त्यतिबेला इरानले यस आक्रमणको कडा निन्दा गर्दै त्यसको बदला लिने जिकिर गरेको थियो ।

रोयटर्सका अनुसार सन् २०२० को जनवरीमा अमेरिकी सुरक्षा बलमा अन्तिम पटक ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो । अमेरिकी हमलामा इरानी सैनिक कमान्डर कासेम सुलेमानीको हत्याको जवाफमा यी आक्रमणहरू भएका थिए।

त्यतिबेला कुनै पनि अमेरिकी मारिएनन् तर केहीको टाउकोमा चोट लागेको थियो । इराक र सिरिया अक्सर अमेरिका र इरानबीचको मुठभेडको तारो भएका  इरबिलका सर्वसाधारणले अनलाइन थुप्रै ठूलठूला विस्फोटका भिडियोहरू शेयर गरेका थिए। विस्फोटनको कारण उनीहरुको घरसमेत हल्लिएको उनीहरुको भनाइ छ ।  –बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप