कम्युनिस्टले काँग्रेसलाई सत्ता सुम्पिए, अब जनताले सिधै जिताउनुपर्छः महामन्त्री शर्मा
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताले निर्वाचनमार्फत कम्युनिस्टलाई सत्ता चलाउन मत दिएपनि नसकेर काँग्रेसलाई नै सत्ता सुम्पिएको बताएका छन् । काँग्रेसले आइतबारदेखि सुरु गरेको एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘जनताले सरकार बनाउने जिम्मा कम्युनिष्ट पार्टीलाई लगाउने तर कम्युनिष्ट पार्टीले चलाउन नसकेर फेरि हामीलाई सुम्पिने अवस्था आयो । त्यसैले जनतासमक्ष हाम्रो अपिल के हुन्छ भन्दा तपाईले कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीले हामीलाई जिम्मा लगाउने भन्दा सिधै नेपाली काँग्रेस पार्टीलाई जिम्मा लगाउनुस्’, उनले भने, ‘बितेको ५ वर्षको समीक्षा गर्नुस् । ५ वर्षको अवधिमा केपी ओलीले नेतृत्व गरेको सरकारको जे जस्ता जनविरोधी संविधान बिरोधी, भ्रष्टाचार तर्फका कुराहरुलाई गहिरो समिक्षा गर्नुहोस् । यी ५ वर्षको अवधिमा सरकारमा जाने भन्ने म्यान्डेट जनताबाट नहुँदा पनि परिस्थितिको बाध्यताले संविधान रक्षाका लागि सरकारमा गएको काँग्रेसले छोटो अवधिमा ७० प्रतिशत भन्दा बढी नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाएको, जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको र आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प लिएको छ, त्यसलाई पनि विश्लेषण गर्नुहोस् ।’
उनले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु गर्ने बताए । महामन्त्री शर्माले यो अभियानमा काँग्रेसलाई मात्र नभइ अन्य राजनीतिक दलहरूलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताए । उनले आगामी निर्वाचनहरूमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिष्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अभियानपछि आएको केन्द्रिय समितिको निर्णयपछि भन्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण