संसदमा भीम रावल : दार्चुलामा भारतले एकतर्फी बनाएको तटबन्धबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ
नेकपा एमालेका सांसद भीम रावलले दार्चुलाको महाकाली नदी बंगाबगरमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले दार्चुला जिल्लाको बंगाबगरमा एकतर्फी रुपमा भारतले तटबन्ध बनाउने काम गरिरहेको र त्यसको बिरुद्धमा नेपालले कुनै आवाज नउठाएको भन्दै प्रश्न गरे । भारतले अन्र्तराष्ट्रिय कानुन र छिमेकीसँगको मैत्री सम्बन्धनलाई उल्लंघन गर्दै नेपालको भूभागमा मिचेको उल्लेख गरे ।
भारतले एकतर्फी रुपमा डोजर चलाउँदा सरकारले नबोल्नु दुःखद रहेको बताउँदै उनले त्यसबारेमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए । उनले नेपालले चुच्चे नक्सा जारी भएपछि भारतसँग कहिले वार्ता भयो ? भन्ने प्रश्न गरे । भारतीय प्रधानमन्त्रीले लिपुलेकसम्म बाटो बनाउनेलाई धन्यवाद दिँदा नेपाल सरकारले बिरोध नगरेकोमा विरोध गरे । उनले बंगाबगरमा भारतले गरेको हस्तक्षेपलाई रोक्न सभामुखको तर्फबाट समेत सरकारलाई निर्देशन दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण