राज्यमन्त्री प्रजाले गरे मनहरी–मलेखु सडकको अवलोकन, स्तरोन्नतिमा एक अर्ब खर्चिने तयारी
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी मलेखु सडक खण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै राज्यमन्त्री प्रजा मलेखुसम्म पुगेका हुन् ।
शनिबार राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलासहितको टोलीले मनहरी मलेखु सडकको स्थलगत अवलोकन गरी स्तरोन्नती गर्नुपर्ने भागहरुको पहिचान गरिएको छ ।हेटौंडाबाट चितवन हुँदै राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको मनहरी–मलेखु सडकको ट्रयाक केहीदिनअघि मात्रै पूरा भएको हो ।
करिब ३ वर्षअघिबाट राक्सिराङ गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाले मनहरी–मलेखु जोड्ने सडकको निर्माण सुरु गरेकोमा बेनिघाट रोराङ गाउँपालिकाले केही समयअघिमात्र मकवानपुरको सिमानासम्म ट्रयाक जोडेको हो । दुई गाउँपालिकाको अगुवाईमा प्रदेश र प्रतिनिधिसभाका सांसदहरुको समेत जोडबलमा उक्त सडकको ट्रयाक पूरा भएपछि निकट भविष्यमै हेटौंडा–चितवन–काठमाडौं जाने सडकको विकल्प तयार हुने पक्का भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।
मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । बाह्रै महिना सडक सञ्चालनको लागि राक्सिराङ गाउँपालिकाले सो सडक अन्तर्गत ४ नम्बर वडास्थित परेवाभीरमा रिटेनिङ वाल उठाएर बाटो बनाउने काम गरिरहेको छ भने अन्य विभिन्न भागमा स्तरोन्नतीको कामसमेत गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले बताए । दुई गाउँपालिकाको पहलमा सडकको ट्रयाक पूरा भएपछि त्यसलाई दिगो बनाउनको लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सो सडक स्तरोन्नतीको लागि करिब एक अर्ब लगानी गर्ने योजना बनाएको छ ।
करिब एक अर्ब रुपैयाँको समपूरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले जानकारी दिए । ‘आगामी वर्ष प्रदेश सरकार र संघीय सरकारले गरेर यो सडकमा करिब १ अर्ब रुपैयाँ लगानी गर्दैछ । यसै वर्ष पनि लोजा–जिनाई खण्डमा काम गर्नको लागि हामीले आर्थिक मामिला मन्त्रालयमा प्रस्ताव पठाइसकेका छौं ।’ राज्यमन्त्री प्रजाले भने ।
मनहरीबाट मलेखुसम्मको सडकमा सवारी चल्न थालेपछि मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका र धादिङको बनिघाट रोराङ गाउँपालिकाको विकासले फड्को मार्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण