सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन कार्यालयले थाल्यो मतदाता नामावली अध्यावधिक

आइतबार, २९ फागुन २०७८, १७ : ३१
आइतबार, २९ फागुन २०७८

स्थानीय तह निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक थालेको छ । निर्वाचन कार्यालय कैलालीका अनुसार माघ महिनामा नयाँ मतदाताको नामावली संकलन गरेको र अहिले पुराना मतदाताको अध्यावधिक भइरहेको हो । १८ पुसमा मतदाता नामावली दर्ताका लागि आव्हान गरिएको थियो । सो समयमा २३ हजार चार सय ५६ नयाँ मतदाता थपिएका थिए । 

‘यसबीचमा पनि केही मतदाताको मृत्यु भइसकेको होला । कसैले बसाई सरेर गएका होलान् वा नाम सच्याइनु पर्ने हुन सक्छ,’ जिल्ला निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरीले भने, ‘सोही विवरण अध्यावधिकका लागि अहिले मतदाताको नामावली जिल्लाका सबै पालिकामा पठाइएको छ, वडाबाट अध्यावधिक भएर आएपछि केन्द्रमा विवरण पठाइने छ ।’

जनप्रतिनिधिले वडामा गएर मतदाताको सहि विवरण उपलब्ध गराएपछि नयाँ नामावली सार्वजनिक गरिने सूचना अधिकारी चौधरीले बताए । ‘नयाँ थपिएका मतदाताको नामावली कम्पुटराइज गर्ने काम भइरहेको छ,’ सूचना अधिकारी चौधरीले भने, ‘वडाबाट अध्यावधिक भएर आएका नामावलीमा नयाँ थपिएका मतदातालाई समेत समावेस गरेर चैत दोश्रो सातासम्म नयाँ नामावली सार्वजनिक गर्ने तयारी भइरहेको छ ।’ उनले मतदाता नामावलीको तथ्यांक केन्द्रले नै सार्वजनिक गर्ने बताए ।

मंसिर २०७४ मा सम्पन्न निर्वाचनसम्म कैलालीमा चार लाख ६३ हजार दुई सय ९२ मतदाता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप