शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पानी पिउने गलत तरिका, जसले पार्छ स्वास्थ्यमा असर

सोमबार, ३० फागुन २०७८, ०९ : ०४
सोमबार, ३० फागुन २०७८

हरेक व्यक्तिको दिनको सुरुवात पानीबाट हुन्छ । पानी पिएर धेरैले दिनको सुरुवात गर्ने गर्छन् । स्वास्थ्य विशेषज्ञहरु पनि पर्याप्त पानी पिउन सल्लाह दिन्छन् । किनकी पानी पिउँदा शरीरले सही तरिकाले काम गर्छ । शरीरलाई सुख्खा हुन दिँदैन । विषालु पदार्थ बाहिर निकाल्छ । रगत सफा बनाउँछ । नयाँ कोशिकाहरुको निर्माण गर्छ । मेटाबोलिज्म सक्रिय गराउँछ । कब्जियत हुनबाट बचाउँछ । यस्ता फाइदा पुर्याउने पानी कसरी पिउने त ? गलत तरिकाले पानी पिउँदा शरीरमा नराम्रो असर पर्छ । 

बीपीए बोतल 
प्लाष्टिकको बोतलको पानीमा बीपीए केमिकल बिस्फेनोल एको प्रयोग गरिएको हुन्छ । अनुसन्धानका अनुसार यो केमिकलले जन्मसम्बन्धी समस्याहरु पैदा गर्छ । यो केमिकलले शरीरमा पनि गम्भीर असर पार्छ । जसमा उच्च ब्लड प्रेशर, हर्मोन असन्तुलन, टाइप २ मधुमेह र हृदयरोग जस्ता बिरामीहरुको खतरा बढ्छ । बीपीए बोतलमा राखिएको पानी पिउँदा शरीरमा गम्भीर असर पर्छ । 

एकैपटक अत्यधिक पानी पिउनु 
एक वा दुई गिलास पानी पिउनु सामान्य नै हो । तर, मानिसहरु एक पटक धेरै पानी पिउने गर्छन् । एकैपटक अत्यधिक पानी पिउँदा मेटाबोलिज्ममा गलत असर पार्छ । त्यसैले प्रतिघण्टा एक लिटर पानी मात्रै पिउने गर्नुपर्छ । 

पर्याप्त पानी 
शरीरमा अधिकभन्दा अधिक पानी हुन्छ । यसको अर्थ शरीरले सही तरिकाले काम गर्नका लागि पानीको उपयोग गर्छ । पाचन प्रक्रियालाई सही तरिकाले राख्न, कब्जियत सही बनाउन, टोक्सिन्स बाहिर ल्याउँछ, पथ्थरी बाहिर निकाल्छ, छालालाई सुख्खा हुन दिँदैन । पानी सही मात्रामा नपिउँदा शरीरमा विभिन्न समस्या आउँछ । त्यसैले पर्याप्त पानी पिउन आवश्यक छ । 

पानीमा काटिएका फलफूल हालेर खाने
पानीमा काटिएको फलफूल हालेर खाने चलन छ । यसरी खाँदा साल्मोनेला र ई.कोली जस्ता रोगहरु लाग्ने सम्भावना हुन्छ । यसरी खाँदा फलफूलको बोक्रामार्फत ब्याक्टेरिया शरीरभित्र जान्छ । जुन शरीरभित्र रोगको कारण बन्छ । 

क्याफिनपछि पानी न पिउनु 
क्याफिन र अल्कोहलको सेवनपछि पानी पिउँदा नपिउँदा शरीर सुख्खा हुन्छ । कफी र मद्यपानको सेवनपछि धेरै पानी पिउनुपर्छ । 

प्यास लाग्दा पनि पानी नपिउनु 
धेरै व्यक्तिहरु प्यास लाग्दा पनि पानी पिउँदैनन् । प्यास लाग्दा पानी जरुर पिउनै पर्छ । तर, प्यास नलागेको समयमा पनि सही तरिकाले पानी पिउनुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप