रुसको कब्जा भएका युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव
रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ । यसै कारणले युक्रेनको मारियुपोल शहर र राजधानी किभको पश्चिम र उत्तरका गाउँमा एक भयानक मानवीय संकट खडा भएको देखिन थालेको छ ।
मारियूपोलमा खाना र पानीको विकट संकट
ऐना तोखमखची एक युक्रेनी महिला हुन् । उनी मारियुपोलबाट आएको प्रत्येक भिडियो र तस्बिरमा आफ्नो घरमा खोजतलास गर्ने प्रयास गरिरहेकी छिन् । उनकी आमा पनि मारियुपोल शहरमा फसेकी छिन् र विगत ५ दिनमा उनीसँग कुनै पनि प्रकारको सम्पर्क भएको छैन ।
रुसी सैन्य फोर्सले एक हप्ता भन्दा बढी समयदेखि यो शहरलाई घेरेर राखेका छन् । साथै लगातार भइरहेको बमबारीका कारण यो शहर ध्वस्त भइसकेको छ ।
यसैकारण यहाँ बिजुली, पानी र खानेकुराको कमी भइरहेको छ । बमबारीका कारण सडकको अवस्था बिग्रेको छ भने मानिसलाई शहरबाट निक्लिन पनि मुश्किल भइरहेको छ । विगतका केही दिनमा यो क्षेत्रबाट मानिसलाई निकाल्ने कोसिस भइरहेको छ । तर मानवीय बाटोमा पनि हमला भइरहेको छ । युक्रेन सेनासँग अग्रपंक्तिमा बीबीसीको टीम पानीएना फेसबुकमा लेख्छिन्, ‘मैले भिडियोमा आफ्नो घर देखेको छु । हालसम्म यो सुरक्षित छ । तर म नयाँ भिडियोको खोजी गरिरहेको छु । मलाई मेरो घर हालसम्म ठिक भएकाले आनन्द लागेको छ । मेरी आमा हाल सम्म पनि जिवितै हुनुहुन्छ । रातभर बमबारीको आवाज आउने ठाउँमा कस्तो भइरहेको होला ?’
उनी सोशल मिडियामा मारियुपोल शहरसँग जोडिएको च्याट ग्रुपमा आइरहेको जानकारी पढ्छिन् र स्वयं सेवीहरुसँग आफ्नो घरको बारेमा सोधिरहन्छिन् । तर उनलाई अब कुनै जानकारी मिलेको छैन । यद्यपि, उनले मारियुपोल शहरमा फसेका एक साथीसँग कुराकानी गरेकी छन् ।
यो कुराकानीको बारेमा बताउँदै उनी भन्छिन्,‘सिग्नल अत्यन्त कमजोर थियो र बारम्बार टुट्ने गरेको थियो । म मुस्किलले उनको आवाज सुन्न सक्थिन् । उनी कुनै किसिमको खाना बनाएर पानी भर्ने कोसिस गर्दै जिउने कोशिस गरिरहेकी छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण