बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
सोमबार, ३० फागुन २०७८, १३ : ५१
श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी पूर्वबाट एक जनालाई पक्राउ गरेको छ । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा उनकी पत्नी ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने श्याम कुमारीलाई प्रहरीले अदालतबाट अनुमती लिएर अनुसन्धान गरिरहेको छ । घरायसी बिवाद हुँदा श्यामकुमारीले श्रीमानलाई बन्चरोले हिर्काएकी थिइन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका चमन सिंहको उपचारको क्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय रुद्रपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण