बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिभिल बैंकको नयाँ शाखा रुम्जाटारमा

सोमबार, ३० फागुन २०७८, १७ : १५
सोमबार, ३० फागुन २०७८

सिभिल बैंकले ओखलढुङ्गा सिद्घिचरण नगरपालिका वडा नं–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भूतपूर्व मन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन् । 

उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्के, रुम्जाटार यातायात कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ४ का अध्यक्ष रत्नबहादुर गुरुङको उपस्थिति थियो । साथै, कार्यक्रममा रुम्जाटार माविका प्रधानाध्यापक गोकर्ण बहादुर बाँनिया, बैंकका चिफ क्रेडिट बिजनेस सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायत राजनैतिक व्यक्तित्व,उद्योगी,व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।  

अब त्यस क्षेत्रका सेवाग्राहीले यातायात व्यवस्था कार्यालयसँग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी बैंकको एक्सटेन्सन काउन्टर मार्फत गर्न सक्छन् । बैंकले देशभर ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर, ९७ एटिएमहरु मार्फत वित्तिय सेवा प्रदान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप