कोलम्बियाली राष्ट्रपति पदका उम्मेदवारमाथि गोली प्रहार

काठमाडाैँ। कोलम्बियाका राष्ट्रपति पदका उम्मेदवार तथा सिनेटर मिगेल उरिबे तुरबे एक चुनावी कार्यक्रमका क्रममा गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
३९ वर्षीय उरिबेमाथि राजधानी बोगोटामा शनिबार आयोजित आमसभामा सम्बोधन गरिरहँदा आक्रमण गरिएको थियो। रिपोर्टअनुसार उनलाई तीनवटा गोली लागेको छ, जसमा दुई गोली टाउकोमा लागेको बताइएको छ ।
कोलम्बियाको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएअनुसार घटनास्थलबाट १५ वर्षीय एक किशोरलाई पक्राउ गरिएको छ ।
उरिबेकी पत्नी मारिया क्लाउडिया ताराजोनाले राष्ट्रबासीहरूलाई प्रार्थनाका लागि आग्रह गर्दै भनेकी छिन्, ‘मिगेल अहिले जीवन र मृत्युसँग संघर्ष गरिरहनु भएको छ। उहाँको उपचार गरिरहेकाहरूको हातमा भगवानले शक्ति दिऊन् भन्ने कामना गरौं ।’
उरिबेआबद्ध सेन्ट्रो डेमोक्राटिको पार्टीले यस आक्रमणको कडा निन्दा गरेको छ। पार्टीले यसलाई ‘कोलम्बियाको प्रजातन्त्र र स्वतन्त्रतामाथिको गम्भीर खतरा’ भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?
-
लुम्बिनीको बजेट लक्ष्यविहीन र सस्तो लोकप्रियताका लागि मात्रै : प्रतिपक्षी नेता महरा
-
६ महिनादेखि सम्पर्कविहीन नेपाली युवा दिल्लीमा जीवित फेला
-
लुम्बिनी प्रदेशले ल्यायो अघिल्लोभन्दा कम बजेट, कृषि क्षेत्रलाई उच्च प्राथमिकता
-
बढ्यो पेट्रोल र डिजेलको मूल्य