गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
पोखरा । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममा काँग्रेस र एमाले सहित नेपाल समाजवादी पाटीले समर्थन जनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असहमति जनाएको छ ।
दुई सदस्यीय राप्रपा मौन रह्यो । २१ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ३ दिनसम्म छलफल भयो ।
छलफलका क्रममा सांसदहरू पक्ष विपक्षमा उभिए । सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै समर्थनमा उभिए । विपक्षी सांसदहरूले नीति तथा कार्यक्रम राम्रो भएपनि कार्यान्वयनमा समस्या देखे । सबै सांसदले उठाएका प्रश्नको जवाफ मुख्यमन्त्रीले दिएपछि बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी वर्षको वार्षिक बजेट ल्याउने बाटो खुलेको छ । असार १ गते सबै प्रदेशले आफ्नो बजेट सांसदबाट प्रस्तुत गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण