नेसन्स लिगको फाइनलअघि रोनाल्डोको प्रेरणादायी सन्देश
म्युनिख । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइतबार स्पेनविरुद्ध हुने नेसन्स लिगको फाइनल खेलअघि आफ्नो टोलीका सहकर्मीहरूलाई प्रेरणादायी सन्देश दिएका छन् ।
४० वर्षको उमेरमा पनि पोर्चुगलको कप्तानी गरिरहेका रोनाल्डोले जर्मनीविरुद्धको सेमिफाइनलमा निर्णायक गोल गर्दै आफ्नो १३७औँ अन्तर्राष्ट्रिय गोल पूरा गरेका थिए । अब उनीसँग पोर्चुगलका लागि अर्को उपाधि जित्ने अवसर छ। यसअघि उनले युरो २०१६ र सन् २०१८–१९ नेशन्स लिग जितिसकेका छन् ।
तर फाइनलमा उनीहरूको सामना हुने स्पेनले बिहीबार फ्रान्समाथि ५–४ को शानदार जित निकालेको छ, जसमा लामिन यामालले दुई गोल गरेका थिए । खेलअघि रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘यो हाम्रै कारण हो। यो तपाईंहरू सबैका लागि हो। यो पोर्चुगलका लागि हो। भोलि फेरि इतिहास बनाउने दिन हो ।’
पाँच पटकको बलन डी’ओर विजेता रोनाल्डोको यो सन्देशले पोर्चुगल टोलीमा ऊर्जा थप्ने विश्वास गरिएको छ । टोलीले आइतबार फेरि एकपटक युरोपेली फुटबलमा आफ्नो प्रभुत्व देखाउने अवसर पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण