मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

सोमबार, ३० फागुन २०७८, १७ : ४८
सोमबार, ३० फागुन २०७८

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती) देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको हो । 

प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार जजिराले दैनिक एक नियमित उडान गर्नेगरी निवेदन दिएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत सिधा उडान गर्नेछ । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।

हालै यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको गौतमबुद्ध विमानस्थलमा आगामी वैशाख १ गते नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले परीक्षण उडान गर्नेछ । उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यावसायिक उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप