‘दक्षिण कोरिया पठाउँछु’ भनेर ठगेको आरोपमा कोरियन नागरिक पक्राउ
मङ्गलबार, ०१ चैत २०७८, १० : ०३
दक्षिण कोरियाबाट घुम्न आएका कोरियन नागरिकले काठमाडौंमा ठगी धन्दा चलाउने गरेको थाहा भएको छ । काठमाडौंको चाबहिलमा बसेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रे सी जङ्गलाई पक्राउ गरेको छ ।
चाबहिलस्थित लाहुरेचोकमा रहेको ‘ओके कन्सल्टेन्सी’मार्फत दक्षिण कोरिया पठाउँछु भनेर रे सीले ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको सिआईबीको प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए । कोरिया सपना देखाएर उनले ‘वेल्डिङ ट्रेनिङ्ग’ गराउने गरेका थिए । तर, पैसा लिएर तालिम गराएपनि उनले दक्षिण कोरिया नपठाएर ठगेको भन्दै पीडितले ब्युरोमा उजुरी गरेका छन् ।
काठमाडौंको महांकालबाट पक्राउ गरेर उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको सीआईबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण