कमेडी सिरियल ‘राजाराम निवास’ प्रसारण हुने
रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ । नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ । एमई टिभीको प्रस्तुति सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाश प्राप्त कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ । सिरियलमा उनी लोभी चरित्रका छन् । अवकाश प्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा ‘राजाराम निवास’मा देखाएको निर्देशक नेपालले बताए । ‘नेपालका पचास जिल्ला पुगेर कामको अनुभव संगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषा संस्कृतिको ज्ञान छ’ नेपालले भने ।
सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर (खबपु) को अभिनय छ । समन अधिकारीको कथा र महेश दवाडी तथा दिनेश न्यौपानेको लेखन रहेको टेलिसिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदन काश्यप घिमिरेको छायाङ्कन, गौतम खड्काको सम्पादन र भीष्म आचार्यको प्रोडक्सन छ । सिरियलको कार्यकारी प्रमुख रिमेश अधिकारी हुन् ।
‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ कान्तिपुर टिभी र एमई टिभीबाट प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण