२२ र १७ वर्ष कैद तोकिएका दम्पती पक्राउ
मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दाका फरार अभियुक्त दम्पती पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षका रामजी पासवान र उनको श्रीमती ३२ वर्षीया बिभा पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मानव बेचबिखन तथा ओसार पसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतले २२ माघ २०७७ मा रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो भने उनकी श्रीमती बिभा पासवानलाई १७ वर्ष र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
फैसलापछि फरार रहेका दुवै जनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बाट पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
दुवैजनालाई धनुषा जिल्ला अदालतमा मंगलबार नै हाजिर गराएर सुनसरीस्थित झुमका कारागारको कार्यालयमा पठाउने आदेश भएको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण