शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य

बुधबार, ०२ चैत २०७८, १२ : ५५
बुधबार, ०२ चैत २०७८

बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ । 

बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र  हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । बैंकले ९७ शाखा, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप