बिजुलीको तारबाट सेना आउँदैन : गृहमन्त्री खाड
गृहमन्त्री बालकृष्ण खाडले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौं कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् ।
मन्त्री खाड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताउँदै नेपालमा कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए ।
उनले नेपालमा ऊर्जाको भविष्यको चर्चा गर्दै ठूला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको बताए । ‘वर्षा याममा विद्युत् उत्पादन धेरै भएर खेर जान्छ । हिउँदमा नपुगेर भारतबाट ल्याउनु पर्छ । नेपालमा उत्पादन भएको विद्युत् बाहिर विक्री गर्न सकिएमा मात्र व्यापार घाटा कम हुन्छ,’ खाडले भने ।
सम्बोधनका क्रममा उनले सरकारले विद्युतको खपत बढाउनको लागि मूल्य घटाउन तयार रहेको बताए । नागरिकले पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि विद्युत् उत्पादन र प्रयोग गर्नुको विकल्प नरहेको समेत बताए ।
महोत्सवमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्वदेशमा उत्पादन भएका सामाग्रीले महोत्सवमा स्थान पाउने हुँदा स्थानीय उत्पादनको खपत बढ्ने दाबी गरे । यसै गरी एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले महोत्सव सञ्चालन गर्दा कपिलवस्तुको उद्योग तथा पर्यटनको विकासमा टेवा पुग्ने गरी योजना बनाउन सुझाव दिएका थिए । जिल्लाको बाणगंगा नगरपालिका जितपुरमा चल्ने चैत्र १३ गते सम्म सञ्चालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता समिकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण