प्रदेश १ मा होली : ६७८ सवारी नियन्त्रणमा, दुर्घटनामा २ युवकको मृत्यु
होलीको रौनकका बीच उच्छृङ्खल गतिविधि गर्ने र मापसे गरी कुदाएका १ सय ७८ जना सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजकै दिन २ जनाको तीब्र गतिमा मोटरसाइकल चलाएको कारण दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीका अनुसार आज साँझसम्ममा प्रदेशको तराई जिल्ला सुनसरीमा ९९ मोटरसाइकल र २ वटा अटो, झापामा १ सय ६४ वटा मोटरसाइकल र मोरङमा ४ सय १३ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
कारवाहीमा परेका सवारी साधनलाई आजै जरिवाना गरि छाड्ने प्रहरीले जनाएको छ । मोरङ प्रहरीले मापसे सेवन गरि उच्छृङ्खल गतिविधि गर्ने ७ जना मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने जनाएको छ ।
दुर्घटनामा परी दुई युवाको मृत्यु
होलीमा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने दुई जना युवाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ कटहरी–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरी रहेका छन् ।
ग्रामथान–१, लखन्तरीस्थित पश्चिमतर्फ जाँदै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुवैजना मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परी घाइते भएका उनीहरूको उपचारको क्रममा विराट मेडिकल कलेजमा आज दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण