सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल
सञ्चारिका समूह लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अमृता अनमोललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
बुटवलमा आज अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिव माया केसी र कोषाध्यक्ष उषा किरण पन्त चयन भएका छन् । यस्तै सदस्यहरूमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएको निर्वाचनका संयोजकत्व भरत केसीले जानकारी दिए ।
यसअघि आजै समूहको साधारण सभा उद्घाटन कार्यक्रममा ५ जना अगुवा महिलालाई सम्मानित गरेको छ । जसमा रासस दाङका संवाददाता नारायणी रजौरेलाई सङ्घर्षशील पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरेको छ । यस्तै कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीलाई सङ्घर्षशील महिला नेताका रूपमा सम्मानित गरेको छ । यस्तै रुपन्देहीका उद्यमी रचना पन्त, सावित्रा टण्डन र मन्जु ज्ञवाली भुसाललाई सङ्घर्षशील महिला उद्यमीका रूपमा सम्मानित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
-
सत्ता समीकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण