फेरियो गुण्डुको मुहार
२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनपछि भक्तपुरको गुण्डुमा विकास पूर्वाधारको कामले तीव्रता पाएको छ । हाल सूर्यविनायक नगरपालिका–७, मा पर्ने गुण्डु गाउँ विगतमा छुट्टै गाविस थियो । हाल संघीय सांसद रहेका महेश बस्नेत २०५४ सालमा नेपालकै कान्छो गाविस गुण्डुको अध्यक्ष निर्वाचित भएका थिए । उतिबेला मुस्किलले आउने ५ लाख बजेटले विकास निर्माणको कार्य खासै हुन सकेन ।
अरनिको राजमार्गको थिमीबाट होस् वा पाण्डुबजार क्षेत्र जहाँबाट गएपनि पक्की कालोपत्रे सडकले गुण्डुका घर आँगनलाई छोएर जान्छ । सो क्षेत्रका सांसद महेश बस्नेतले भने, ‘हामी निर्वाचित भएर आएपछि सडक, पुल, विद्यालय जस्ता संरचना बनाउनमा ध्यान दियौं ।’ अहिले पनि केही सडक विस्तार र पक्की बनाउने कार्य जारी छ ।
प्रदेश सांसद शशीजंग थापा, नगरप्रमुख बासुदेव थापा र गुण्डुका वडाअध्यक्ष रविन्द्र सापकोटालगायतका जनप्रनिधि र स्थानीयहरुको तालमेलका कारण गुण्डुको मुहार फेरिन सम्भव भएको हो ।
गुण्डुमा खानेपानी समस्या थियो । २०७४ पछि एक घर एक धारा सबै नागरिकको घरसम्म पुग्नु पर्छ भन्ने उद्देश्यले एकीकृत खानेपानी समिति गठन गरी गुण्डुको कार्की गाउँ, मन्थली र तीनधारा किवाचोक क्षेत्रमा एक घर एक धारा सञ्चालनमा ल्याइ सकिएको वडाध्यक्ष सापकोटाले बताए । यस क्रममा तीन लाख र दुई लाख लिटरको ट्याङ्की, पाँचवटा डीप बोरिङ निर्माण कार्य सम्पन्न गरिएको छ ।

त्यसैगरी घुम्ति किवाचोक सडक, तिथली मगरगाउँ सडक, बूढीगण्डकी लिखानारायण सडक, रानीखोला सिलामागल घ्याम्पेडाँडा, भैरवी स्कूल सडकलगायत निर्माणका साथै पक्की बनाइएको सापकोटाले जानकारी दिए ।
ज्योति माध्यामिक विद्यालय, भैरवी आधारभूत, चन्द्रसूर्योदय आधारभूत विद्यालयमा शौचालय कम्पाउण्ड निर्माणसहित गुणस्तरीय शिक्षा प्रदान गरिने वातावरण भएको छ । वडाले एक आर्थिक वर्षमा करिब ६ करोड रुपैयाँ बराबरको रकम विकास निर्माण गर्दै आइरहेको उनले बताए ।
मठमन्दिर, पाटीपौवा निर्माण, धर्म संस्कृति र परम्पराको संरक्षण र जगेर्ना, पर्यटकीय क्षेत्रहरुको विकास, सार्वजनिक यातायातको व्यवस्थित सञ्चालन लगायतमा वडा सदैव सक्रिय भएको वडाअध्यक्ष सापकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण