८ महिनाको वैदेशिक व्यापार : १३ खर्बको आयात हुँदा ११ खर्ब घाटा
चालू आर्थिक वर्ष २०७८/७९ को ८ महिना (साउन–फागुन) मा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले ८ महिनाको तथ्यांक सार्वजनिक गर्दै १३ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको जानकारी दिएको हो ।
यस अवधिमा नेपालबाट जम्मा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ८२.९० प्रतिशतले बढी हो । यस्तै, गत वर्षको यही अवधिको तुलनामा विदेशबाट हुने आयात ३८ प्रतिशतले बढेको छ ।
८२ प्रतिशतले बढेपनि गत वर्ष न्यून रकमको निर्यात हुँदा नेपालले साढे १ खर्ब रुपैयाँ हाराहारीको वस्तु बेचिएको छ । गत वर्षको ८ महिने अवधिमा जम्मा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको थियो ।
निर्यात डेढ खर्ब रुपैयाँमा सीमित हुँदा तथा आयात १३ खर्बभन्दा बढी हुँदा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड व्यापार घाटा बेहोरेको छ । यो, गत वर्षको यही अवधिको तुलनामा ३४.५० प्रतिशतले बढी हो । गत वर्षको ८ महिनामा नेपालले ८ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो ।
८ महिनाको आयात/निर्यात तथ्यांक
स्रोत– भन्सार विभाग
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण