धर्मको आवरणमा महिलाहरुमाथि यौनशोषण गर्ने धर्म गुरु काठमाडौँबाट पक्राउ
काठमाडौँ । धर्मको आवरणमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक धर्म गुरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा औतारी लामा भनिने गुरु रिम्पोछे छोल्ठिम दोर्जे योन्तान टोल्कु लामा रहेका छन् ।
सिन्धुलीको दुम्जा घर भएका ५५ वर्षीय लामालाई प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दक्षिण्कालीबाट पक्राउ गरेको हो ।
लामाले बिरामी महिलाहरुलाई उपचार गर्ने भन्दै जबर्जस्ती करणी गर्नुका साथै करणीको प्रयासहरु गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पेमा टासी छेटुङ गुम्बा दक्षिणकालीमा बस्ने लामाले आफूसँग दैवी शक्ति भएको भन्दै सबै रोग निको पार्न सक्छु भन्ने दाबी गर्थे । त्यसपछि आफूसँग उपचार गर्न आउने महिलालाई बलात्कार गर्ने गर्थे । बलात्कार गरेपछि आफू रिसाए अनिष्ट हुन भन्दै धम्क्याउने गरेका थिए ।
उनले युवतीहरुसँग यौनसम्बन्ध राखी फोटो खिच्नुका साथै भिडियो पनि बनाउने गरेको पनि सिआइबीले जनाएको छ । लामाले अश्लिल फोटो/भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई यौन दुर्व्यवहार र विद्युतीय अपराध अन्तर्गत पक्राउ गरेर अदालतबाट ५ दिन म्याद थप गरी थुनामा राखेर अनुसन्धानका लागि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण