लेटाङ घटना जघन्य र आततायी : मन्त्री घिमिरे
प्रदेश १ का यातायात व्यवस्था तथा संचार मन्त्री उपेन्द्र घिमिरेले मोरङको लेटाङमा आइतबार भएको घटना जघन्य र आततायी भएको बताएका छन् । आज साँझ एक विज्ञप्ति जारी गरेर उनले लेटाङ घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफु स्तब्ध भएको पनि बताएका छन् । सोही क्षेत्रबाट निर्वाचित सांसद समेत रहेका मन्त्री घिमिरेले आइतबारको घटनामा आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल प्रहरीकी एक कर्तव्यनिष्ठ प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
‘मिति २०७८ चैत्र ४ गते शिक्षा विकास मा.वि.का एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौन दुव्र्यवहार गरेको भनिएको घटना वास्तविक न्याय पाउने दिशामा अघि बढिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य, आततायी घटनाको जति निन्दा गरे पनि कमै हुन्छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘केही अराजक व्यक्तिहरूको भीडले घटनालाई हिंसातिर मोड्ने मनसायले शिक्षकहरूमाथि आक्रमण, विद्यालय तोडफोड, आगजनी गर्न सुरु गरेकाले भीड नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न प्रहरीहरू जिम्मेवारीका साथ खटिएका थिए ।’
‘एउटी चेलीलाई न्याय दिलाउन गरिएको आन्दोलनलाई नै शान्तिपूर्ण बनाउन र नागरिकलाई कानूनी शासनको प्रत्याभूति दिन खटिएकी एक होनाहार राष्ट्रसेवक सुरक्षाकर्मी गुमाउनुपर्दा अत्यन्त दुखित भएको छु’ मन्त्री घिमिरेले भनेका छन्, ‘नागरिकको शान्ति सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीहरूमाथि नै ढुंगामुढा प्रहार गर्ने र अझ हत्यासम्म गर्ने घटनामा संलग्न जो कोही भएपनि तिनलाई कानुनी दायरामा ल्याउनका लागि सहयोग गर्न सबै सामाजिक संघसंस्था, राजनीतिक दल तथा व्यक्तिहरूमा म हार्दिक आह्वान गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण