ममता र डिआरको ‘चाँदनी’ सार्वजनिक
मङ्गलबार, ०८ चैत २०७८, ०९ : १३
गायिका ममता गुरुङ र डा. डिआर उपध्यायको स्वर रहेको गीत ‘चाँदनी’ सार्वजनिक भएको छ । गीतमा गायक उपध्यायको शब्द तथा संगीत छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा कामृद्धि श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
श्रेष्ठलाई मोडलिङमा गीतकार उपध्यायलेनै साथ दिएका छन् । ५ मिनेट भन्दा लमो गीतको म्युजिक भिडियो एउटै झोलुङ्गे पुलमा छायांकन सकिएको छ । सम्भवत एउटै पुलमा पुरै म्युजिक भिडियो छायांकन भएको यो पहिलो हो ।
भिडियोको निर्देशन समेत उपाध्यायले गरेका हुन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन भिडियोमा छ । गीतमा संगीत संयोजन पुरुषोतम सुवेदीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण