एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्माले भनिन् - ‘म ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ’
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर हुन् ।
अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् । देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।
एमाले पार्टीमा प्रवेश गर्दै उनले यस क्षेत्रमा आफूले राम्रै पहिचान पाएको बताउँदै यही पहिचान सबैथोक होइन, यसको बारेमा आफ्नो मनमा प्रश्न उठेको बताइन् । यो समाज र देशको महिलाका लागि केही गर्नुपर्छ जस्तो लागेर यस क्षेत्रमा लागेको बताउँदै उनले आफ्नो क्षेत्रबाट पनि देशका लागि केही नकेही योगदान गर्दै थिए, आजबाट एमालेमा रहेर देशको परिवर्तनका लागि काम गर्ने बताए ।
‘सबैको मनमा आउनसक्छ कि नेकपा एमाले नै किन भनि प्रश्न आउनसक्छ’, उनले भने, ‘मैले केही जवाफ भए, अध्यक्ष केपी शर्मा ओली पथप्रदर्शक हुनुहुन्छ, उहाँमा देखेको इनर्जी देखेर अचम्ममा परेको छु ।’ देशको थुप्रै ठाउँमा आफू पुग्दा अध्यक्ष अ‍ोलीको प्रशंसा गरेकै हुन्छन् भन्दै अभिनेत्री मानन्धरले देशको परिवर्तनका लागि एमाले पार्टी टुल रहेको धारणा राखिन् ।
नेपालको अधिकांश जनता एमालेप्रति सद्भाव राख्ने गरेको आफूले पाएको बताउँदै उनले एमाले प्रतिपक्षमा भएपनि यो देशको पहिलो पार्टी रहेको बताए । आफू कुनै पनि सौदावाजी गरेर एमालेमा नआएको बताउँदै उनले एमालेको समान्य कार्यकर्ता भएर काम गर्न आएको बताउँदै उनले भनिन्, ‘मेरो क्षमता हेरेर, मूल्यांकन गरेर मलाई कुनै जिम्मेवारी दियो भने पछि हट्ने छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण