एलजीद्वारा ‘नयाँ वर्ष बाँडौँ हर्ष’ अफर घोषणा
नेपालमा एलजीका उत्पादनहरुको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सलले नयाँ वर्ष अभियान ‘यो नयाँ वर्ष, बाँडौँ हर्ष’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजी होम इन्टरटेनमेन्ट र एलजी होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर बुधबारदेखि सीमित अवधिका लागि नेपालभर लागु हुनेछ ।
ग्राहकहरुले एलजीका विभिन्न ब्राण्डका टिभी, भ्याकुम क्लिनर, रेफ्रीजेरेटरको खरिदमा आकर्षक नगद छुट पाउन सक्नेछन् । यस्तै ग्राहकहरुले साइड बाइ साइड र फ्रेन्च डोर फ्रिज खरिद गर्दा निश्चित रुपमा निःशुल्क एयर फ्राइर वा ह्युमिडिफायर प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
त्यसैगरी, डबल डोर रेफ्रिजरेटर किन्दा उपहार सेट वा ह्यान्ड ब्लेन्डर, माइक्रोवेभ ओभन किन्दा एमडब्लुओ कुकिङ किट, फ्रन्ट लोड वाशिङ मेसिन ( ९ केजी र माथि ) किन्दा इन्डक्सन कुकर वा न्युट्रीब्लेन्डर तथा फ्रन्ट लोड वाशिङ मेसिन ( ८ केजी ) किन्दा एरियल म्याटिक डिटर्जेन्ट (६ केजी ) पाउनेछन् । टप लोड÷ट्विन टब वासिङ मेसिनको खरिदमा आइरन र डिशवासरको खरिदमा डिशवासर ट्याब्लेट प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ।
यो अभियानले क्यासेट र स्प्लिट एसी र फ्लोर स्ट्यान्डिङ एसी खरिद गर्दा ४००० रुपैयाँको निःशुल्क जडान उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकले पीएम १.० एयर प्युरिफायर गर्दा निःशुल्क एयर फ्रायर प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण