सञ्चार विधेयक प्रदेश सभामा प्रस्ताव पेश
‘प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ प्रस्ताव आज प्रदेशसभा पेश भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सो प्रस्ताव पेश गरेका हुन् ।
उनले यो विधेयकले संविधानप्रदत्त जनताका अधिकारलाई स्थापित गर्न मद्दत गर्ने बताए । ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ को समितिको प्रतिवेदन सभामा पेश भयो । प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम अर्थ समितिका सभापति मोहनचन्द्र खड्काले पेश गरेका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न समयमा सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै विगतका सरकारले बजेट निर्माणमा आफ्नो प्राथमिकतामा चुकेको आरोप लगाए । उनले पहिलो चौमासिक सकिन लागेको समयमा वर्तमान सरकार बनेको स्पष्ट पार्दै सरकार बजेट कार्यान्वयनमा लागिपरेको बताए ।
मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रमा दीर्घकालीन दायित्व सिर्जना गर्ने योजनामा बजेट काटिएको उल्लेख गर्दै विगतका सरकारले मूल योजनाबाहेक टुक्रे योजनामा बढी ध्यान दिएको बताए । बहुवर्षीय योजनामा विनियोजित बजेटभित्र रहि खर्च गर्न सम्बन्धित निकायलाई अधिकार दिएको बताउँदै उहाँले चालु आर्थिक वर्षको अन्तिममा प्रदेश सरकारले ९० प्रतिशत बजेट खर्च गरिसक्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण