प्रदेश १ मा २ अर्ब बराबरको स्वीस सहयोग कार्यक्रम
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गरेकी छन् । राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो । यसअघि उनीहरूबीच पुस १ गते भेटघाट भएको थियो ।
आजको भेटघाटमा राजदूत भोन क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरताको रुपमा स्वीस सहायतामा सञ्चालनमा भएका परियोजनाका बारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गरिन् । यही बीचमा प्रदेश नं. १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुशी व्यक्त गरिन् । राजदुत क्याप्लरले प्रदेश नं. १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै गर्दै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको उल्लेख गरिन् ।
भेटघाटका अवसरमा मुख्यमन्त्री राईले स्वीस परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढंगले अध्ययन गरी नसके पनि यो परियोजना प्रदेश १ लागि एकमात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको बताए । उनले सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त पनि सो क्रममा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण