अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन मन्त्री खतिवडाको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन् ।
सीमित स्थानबाट मात्र परीक्षण हुँदा रोजगारी र अध्ययनका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षणको पालो ढिलो आउने र त्यसले समस्या पर्ने गरेको भन्दै मन्त्री खतिवडाले त्यसलाई तत्काल दायरा बढाई सहज गराउन आग्रह गरेका हुन् । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले मन्त्री खतिवडासँग शिष्टाचार भेट गर्ने क्रममा सो कुरामा जोड दिएका हुन् । भेटमा दुई देशबीचको सन् १९६० देखिको कुटनीतिक सम्बन्ध, नेपाललाई अष्ट्रेलियाले स्वास्थ्य क्षेत्रमा गरेको सहयोग र आगामी दिनमा हुनसक्ने सहयोग आदानप्रदान तथा सहकार्यबारे छलफल भएको थियो ।
छलफलमा मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा अष्ट्रेलियाले नेपाल सरकारलाई गर्दै आएको सहयोगप्रति धन्यवाद प्रकट गरे । भेटमा मन्त्री खतिवडाले नेपालबाट अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण सिमित स्थानबाट मात्र हुँदा नेपालीले दुःख पाइरहेको भन्दै धेरै ठाँउबाट परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेको उनका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए ।
सो अवसरमा राजदूत भोल्कले उक्त गुनासो चाँडै सम्बोधन गर्ने आश्वासन दिए । “अन्यत्रबाट पनि यस विषयमा कुरा आएको छ, स्वास्थ्य परीक्षणको विषय त्यहाँको गृह मन्त्रालयसँग सम्बन्धित छ, नेपालीलाई कसरी सहज हुन्छ, त्यसतर्फ कदम चाल्छु”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण