चिलीमाथि ब्राजिलको फराकिलो जित
ब्राजिलले फिफा विश्वकप छनोटमा चिलीमाथि फराकिजो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन नेमार, भिनिसिउस जुनियर, फिलिप कौटिन्हो र रिचर्डलिसनले एक–एक गोल गरे ।
खेलको ४४औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा भिनिसिउसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।
कौटिन्होले ७२औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–० बनाए । खेलको इन्ज्युरी समयमा रिचर्डलिसनले गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए । जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ । ब्रजिल विश्वकपमा छनोट भइसकेको छ । पराजित चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा छ ।
शुक्रबार बिहान नै भएको अर्काे खेलमा कोलम्बीयाले बोलोभियामाथि ३–० गोलको जित निकालेको छ । त्यस्तै पाराग्वेले इक्वेडरमाथि ३–१ गोलको जित निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण