मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

चिलीमाथि ब्राजिलको फराकिलो जित

शुक्रबार, ११ चैत २०७८, ०८ : ०९
शुक्रबार, ११ चैत २०७८

ब्राजिलले फिफा विश्वकप छनोटमा चिलीमाथि फराकिजो जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले चिलीलाई ४–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ब्राजिललाई जित दिलाउन नेमार, भिनिसिउस जुनियर, फिलिप कौटिन्हो र रिचर्डलिसनले एक–एक गोल गरे । 

खेलको ४४औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा भिनिसिउसले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । 

कौटिन्होले ७२औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३–० बनाए । खेलको इन्ज्युरी समयमा रिचर्डलिसनले गोल गर्दै टिमलाई ४–० गोलको जित दिलाए । जितसँगै ब्राजिलले १६ खेलमा ४२ अंक जोडेको छ । ब्रजिल विश्वकपमा छनोट भइसकेको छ । पराजित चिली १७ खेलबाट १९ अंक जोडेर सातौं स्थानमा छ ।

शुक्रबार बिहान नै भएको अर्काे खेलमा कोलम्बीयाले बोलोभियामाथि ३–० गोलको जित निकालेको छ । त्यस्तै पाराग्वेले इक्वेडरमाथि ३–१ गोलको जित निकाल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप