सुनसरीमा म्यादी प्रहरीमा आवेदन दिनको भीड
सुनसरीमा स्थानीय तह निर्वाचन लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड लागेको छ । कार्यालय समय अगावै जिल्ला प्रहरी कार्यालयमा पुगेर आवेदन बुझाउने मात्रै नभई फारम लिन लाइनमा बस्नेको भीड समेत उत्तिकै बाक्लो छ ।
युवा, युवतीका साथै ४० नाघेका ठूलो समूह २ महिने सरकारी जागिरमा झुम्मिएका छन । लाइनमा पालो पर्खने अधिकांशको चाहना खर्च जुटाउनु नै छ । बेरोजगारी समस्याका कारण म्यादी प्रहरीका लागि पनि आवेदन दिन बाध्य हुनु परेको अधिकांशको भनाइ छ । उनीहरु भन्छन “सरकारले स्वदेशमै रोजगारी दिलाउन सकेन्, खाली बस्नुको साटो थोरै भएपनि घर खर्च जुट्छ । त्यही भएर म्यादी खान आएको ।” युवा मात्र नभई अधवैशे उमेर समूहका व्यक्तिहरु समेत म्यादी बन्ने इच्छा बोकेर घण्टौँ लाइनमा छन् । उनीहरु समेत घरपरिवारको गर्जो टार्न २ महिने सरकारी जागिर खान आएको बताउँछन् ।
म्यादी प्रहरीका लागि साधारण लेखपढ मात्रै पुग्ने भएपनि आवेदन दिने शिक्षित बेरोजगारको संख्या समेत ठूलो छ । उनीहरुको भनाइमा सरकारी बेवास्ता र रोजगारीको पर्याप्तता नहुनु देशकै लागि विडम्बना हो । पढे लेखेर नि विदेशिनु बाहेक विकल्प छैन । म्यादी प्रहरीमा आउनु रहर नभई बाध्यता हो । शैक्षिक प्रमाणपत्र अनिवार्य नभएकाले आवेदन दिने शिक्षित बेरोजगारको संख्या यकिन हुन नसकेपनि म्यादी प्रहरीमा आवेदन दिनको भीडले बेरोजगार समस्या समाधान गर्न नसकेको सरकारलाई गिज्याई रहेको स्पष्ट देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण