धरानमा इस्ट टुरिजम मार्ट शुरु
आन्तरिक तथा सीमा/क्रस बोर्डर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धरान उपमहानगरपालिकाको आयोजनामा शुक्रवारदेखि धरानमा तीन दिने इस्ट टुरिजम मार्ट शुरु भएको छ । मार्टको उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्यटन आर्थिक विकासको आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताए ।
उनले प्रदेश नम्बर एकमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यस्ता मार्टले आन्तरिक तथा सीमा (क्रसबोर्डर) पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासका विभिन्न दातृ संस्थाहरूसँगको सहकार्यमा काम गरिरहेको समेत जानकारी दिए ।
यस्तै प्रदेश नम्बर एकका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश एकमा पर्यटनको अथाह सम्भावना रहेकोले यसको माध्यमबाट आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने बताए । प्रदेश नम्बर एकका पर्यटन तथा संस्कृति मन्त्री खिनु लङङ्गवा लिम्बुले पूर्वको पर्यटन क्षेत्रको विकासलाई सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवाला मिलेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताए ।
यस्तै धरान नगरपालिकाका प्रमुख तिलक राईले धरानलाई पूर्वको पर्यटन गेटवेका रुपमा विकास गर्न सकिने बताए । धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले धरान उपमहानगरको सहयोगमा सन् २०१८ देखि नै मार्ट आयोजना हुँदै आइरहेको उल्लेख गर्दै ईष्ट टुरिजम मार्ट २०२२ यसको तेस्रो संस्करण भएको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले बोर्डले सिमित स्रोत र साधनका बीच आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम आयोजना गरेको बताउँदै सातै प्रदेशमा यस्ता मार्टहरुको आयोजना गर्न गइरहेको जानकारी दिए ।
नेपालगञ्ज उपमहानरपालिकाको आयोजनामा नेपालगञ्जमा फागुन २६, २७ र २८ गते वेस्टर्न टुरिजम मार्ट सम्पन्न भएको र धनगढी उपमहानगरपालिकासँगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा यही २०७८ चैत्र २५, २६ र २७ गते (फारवेष्ट ट्राभल मार्ट) २०२२ आयोजना गर्न लागिएको समेत उनले जानकारी दिए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले कोभिडले थलिएको पर्यटनलाई विस्तारै लयमा फर्काउन आन्तरिक तथा सीमा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि बोर्डले मार्टको आयोजना गरिरहेको जानकारी दिए । नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीहरूको व्यवसायिक गतिविधिहरूको विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत–बजारका टुर अपरेटरहरूसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रत्येक प्रदेशमा ‘प्रादेशिक ट्राभल मार्ट’ को आयोजना गर्ने नेपाल पर्यटन बोर्डको चालू आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम अनुरुप यी कार्यक्रमहरु सञ्चालन गरिएको सीईओ रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण