प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य
आइतबार, १३ चैत २०७८, १४ : ५४
प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए ।
प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण