खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले भोट हाल्न पाउने
आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी ३० वैशाखमा तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार ६ र महिला मतदाता ६८ हजार ७४६ ले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।
निर्वाचन आयोगले २९ बैशाख २०७९ सम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली आइतबार टुंग्याएको हो । आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, केपिलासगढी गाउँपालिकामा १० हजार ८३८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, जन्तेढुंगा गाउँपालिकामा १० हजार २१३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ हजार ४३१ मतदाता छन् ।
यस्तै, बराहपोखरी गाउँपालिकामा ९ हजार ३६४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, रावाबेँसी गाउँपालिकामा ९ हजार ६१८, साकेला गाउँपालिकामा ८ हजार ५४८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता कायम भएको आयोगले जनाएको छ ।
१३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिए
आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले ऐसेलुखर्क गाउँपालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र, जन्तेढुंगा गाउँपालिकामा १२ मतदान स्थल र १५ मतदान केन्द्र, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १३ मतदान स्थल र १८ मतदान केन्द्र तोकेको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकामा १० मतदान स्थल र १३ मतदान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदान स्थल र ४४ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा १० मतदान स्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा ८ मतदान स्थल र १२ मतदान केन्द्र तथा हलेसी तुवाचुङ नगरपालिकामा-१८ मतदान स्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण