१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जना पक्राउ
सोमबार, १४ चैत २०७८, १० : २६
१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झपाको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।
चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर १ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण