मोरङका कुन पालिकामा कति मतदाता थपिए ? (सूची)
देशभरीकै सबैभन्दा बढी मतदाता भएको जिल्ला मोरङमा यसपटक अघिल्लो वर्षको तुलनामा १ लाख ४१ हजार ७ सय २४ जना मतदाता थप भएका छन् । जसमध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकामा अघिल्लो वर्षको तुलनामा १९ हजार ३ सय ८१ र दोस्रो नम्बरमा सुन्दरहरैंचा नगरपालिकामा १७ हजार ३ सय ८४ जना मतदाता नयाँ थप भएका छन् ।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याँकअनुसार मतदाताको संख्या विराटनगरमा मात्रै १ लाख ३३ हजार १ सय ४२ जना पुगेका छन् । २०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या १ लाख १३ हजार ७ सय ६१ थियो ।
नयाँ मतदाताको संख्या थप भएसँगै राजनीतिक जोड घटाउमा पनि पुनः परिभाषित गर्नुपर्ने देखिन्छ । नयाँ मतदाताको रुझानले यस पटकको चुनावी परिणाममा अदल बदल गर्नसक्ने पर्याप्त संख्या देखिएको छ । तथ्याँकअनुसार मोरङको उर्लाबारी नगरपालिकामा विगतको भन्दा ९ हजार ९ सय ८४ थप भइ मतदाताको संख्या ४४ हजार २ सय ७२ पुगेको छ । यस्तै कटहरी गाउँपालिकामा ४ हजार ६ सय ३३ थप भइ २६ हजार ६३, कानेपोखरी गाउँपालिकामा ८ हजार ९ सय ८९ जना थप भई ३४ हजार ४५ जना पुगेका छन् ।
आयोगले दिएको तथ्याँकअनुसार केराबारीमा ६ हजार १ जना थप भइ २३ हजार ९ सय ९०, ग्रामथान गाउँपालिकामा ४ हजार ६ सय ३६ जना थप भई २५ हजार ९ सय ४२ जना मतदाता पुगेका छन् । यस्तै जहदा गाउँपालिकामा ४ हजार २ सय ४८ जना थप भएर मतदाता संख्या २५ हजार ७ सय १५ पुगेको छ । धनपाल थान गाउँपालिकामा ४ हजार ४ सय ५६ जना थप भइ २५ हजार ७ सय ७६, पथरी शनिश्चरेमा १० हजार ४ सय ८० जना नयाँ थप भई ५१ हजार ३ सय ३० जना, बुढीगंगा गाउँपालिकामा ५ हजार २ सय ७ जना थप भई २८ हजार १ सय ५९ जना मतदाता संख्या पुगेको छ ।
यस्तै बेलबारी नगरपालिकामा १४ हजार २ सय १० जना नयाँ थप भएका छन् । बेलबारीको अब मतदाताको संख्या ५७ हजार २ सय ९ पुगेको छ । यस्तै उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकामा ५ हजार ९ सय २५ जना थप भई २४ हजार ९३, रंगेली नगरपालिकामा ६ हजार १ सय ८६ जना थप भई ३७ हजार १८७ जना, रतुवामाई नगरपालिकामा ७ हजार ३ सय ६७ जना थप भई ४३ हजार ५ सय ७४ जना मतदाता संख्या पुगेको छ ।
यस्तै लेटाङ नगरपालिकामा ७ हजार २ जना थप भई २८ हजार ४ सय २१ र सुनवर्षी नगरपालिकामा ५ हजार ६ सय ३५ जना नयाँ मतदाता थप भइ ३४ हजार ५ सय ४९ जना पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण