चितवनमा मातृशिशु अस्पताल निर्माण हुने
चितवनको रत्ननगरमा मातृशिशु अस्पताल निर्माणका लागि मेयर नारायण वनले सोमबार शिलान्यास गरेका छन् । आमा र बच्चाको सुरक्षाको लागि रत्ननगर अस्पतालको परिसरमा निर्माण गर्न लागिएको अस्पताल भवनको उनले शिलान्यास गरेका हुन ।
प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा अस्पतालको भवन निर्माण हुनेछ । रत्ननगर अस्पतालको परिसरमा ९ करोड ५८ लाखको लगानी अस्पतालको भवन निर्माण गर्न लागिएको हो । गर्भवती महिला र उनीबाट जन्मिएको बच्चाको सुरक्षाको लागि छुट्टै अस्पतालको रुपमा मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको मेयर वनले बताए । आफ्नो कार्यकालमा मातृशिशु अस्पताल निर्माण गरेर विदा हुन भन्दै मेयर वनले नगरबासीहरुलाई सुन्दर उपहारका रुपमा अस्पताल निर्माण सुरु गरेको बताए ।
पाँच तले सो भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना रहेको छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयु,सुत्केरी कक्ष,जनरल वार्ड तथा विशेषज्ञ डाक्टरहरूबाट सेवा प्रदान गरिने छ । अस्पतालमा चितवनसहित देशभरबाट आउने गर्भवती महिला र शिशुको उपचार हुने छ । अस्पताल सञ्चालन भएपछि गर्भवती गराउन भरतपुर जानु पर्ने बाध्यताको अन्त्य हुने छ ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगरका १६ वटै वडामा स्वास्थ्यचौकी सञ्चालन, रत्ननगर अस्पतालको स्तरउन्नतीपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताइन् । रत्ननगर अस्पताल हाल ५० बेड क्षमताको रहेको छ । अस्पताल विकास समितिको तर्फबाट ५० बेड थप गरी १०० बेडको बनाउने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण